पृथ्वी सुब्बा गुरूङको पालिकामा एमालेले गरे ‘क्लीन स्वीप’

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरूङको पालिका रहेको लमजुङको क्व्होलासोथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । 

यो गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षदेखि वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा नेकपा एमाले मात्रै विजयी भएको छ । 

अध्यक्षमा सूर्यप्रसाद गुरूङले ३ हजार ८५६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका टेकबहादुर गुरूङले २ हजार ४८९ मत प्राप्त गरे । 

त्यस्तै, उपाध्यक्षमा गमीमाया गुरूङले ३ हजार ९८९ मत प्राप्त गरेर निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका सिर्जना गुरूङले २ हजार ३४० मत प्राप्त गरिन् । 

९ वटा वडा रहेको यस गाउँपालिकाका सबै वडामा एमाले प्यानलसहित निर्वाचित भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया