आईपीओ निष्काशनको अनुमति माग्न ३ कम्पनी सेबोन पुग्यो, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं - तीन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड९सेबोन०सँग अनुमति मागेका छन् ।

मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट बैंक र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका हुन् । 

मायाखोला हाइड्रोपावर
सेबोनले अनुमति दिएमा मायाखोलाले १०० अंकित दरका कुल ३४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

भूगोल इनर्जी डेभलपमेन्ट 
यसैगरी सेबोनबाट अनुमति पाएमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १०० अंकित दरका कुल १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओ कम्पनीले स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ भने आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।

मकर जीतुमाया सुरी
यसैगरी सेबोनले अनुमति दिएमा मकर जीतुमाया सुरीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ पनि स्थानीय र सर्वसाधारणलाई बिक्री गरिनेछ । 

यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया