छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन निर्देशन

३ बर्ष अगाडि

काठमाडौं - संविधानअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल आज जेठ ५ गतेदेखि सकिएको छ । 

यही प्रावधानअनुसार निर्वाचन आयोगले यथासम्भव छिटो नयाँ निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जेठ ४ गते जारी विज्ञप्तिमा भनिएको छ । जेठ ५ गतेभित्र नै मतगणना सम्पन्न गरी यथाशीघ्र परिणाम प्रकाशन गरी यथासम्भव निर्वाचित जनप्रतिनिधिलाई तत्काल कार्यभार सम्हाल्ने अवस्था निर्माण गर्न सम्भव तुल्याउने मनसायले आयोगबाट निर्देशन जारी गरिएको छ ।

निर्वाचन सम्पन्न भएकामध्ये ४ सय ६० पालिकाको सम्पूर्ण परिणाम प्राप्त भइसकेको पौडेलले जानकारी दिएका छन् । मतगणना सुस्त भएको महानगरपालिका र उपमहानगरपालिकामा पनि सकेसम्म बढी मतगणना टोलीको व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ । 

स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेका कारण पूर्वजनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्र नयाँ उम्मेदवारी दिन सक्ने व्यवस्था गरेका कारण ठूलो परिमाणमा स्थानीय तहमा जनप्रतिनिधिका पद वैशाख १५ देखि खाली थिए ।

आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधि स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया