रोमानिया महिला र पुरुष गरी ११८ जना कामदारको माग, मासिक तलब ६५ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं- रोमानियाले नेपाली कामदारको माग गरेको छ । K.L.KOKIRI LAND SRL कम्पनीले विभिन्न पदका लागि ९० जना पुरुष र २८ जना महिला गरी जम्मा ११८ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब ६५ हजार बढि पाउनेछ । इच्छुक कामदारले  Alliance Human Resources Pvt.Ltd.को कार्यालय सिनामंगल काठमाडौंमा जेठ११ गते हुने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ ।  भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया