रिभर फल्स पावरको आईपीओमा बुधबारसम्म १८ लाख बढी आवेदन, कति कित्ता शेयर खरिदमाग ?

४ बर्ष अगाडि

काठमाडौं- रिभर फल्स पावरको आईपीओमा १८ लाख बढी आवेदन परेको छ । 

सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिन अर्थात् बुधवार साँझ ५ बजेर ११ मिनेटसम्म  १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट रु. २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ताको शेयर खरीद माग भएको हो । जुन मागभन्दा ८.३३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले वैशाख २८ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । 

हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया