बालेनको मत १८ हजार नाघ्यो, केशर र सिर्जनाको मत जोडेर पनि ३२५ मतले अगाडि

३ बर्ष अगाडि

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बन्दै आइरहेका छन् । 

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार १६ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ९३१९ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ८३७२ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता ड‍ंगोलले १५६७४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वीमा नेकपा एसका रामेश्वर श्रेष्ठले ५०१५ र राप्रपाका  विनिता मजगैयाले ३३४९ मत प्राप्त गरेकी छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया