अरुण भ्यालीसहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (बुधबार) हरियो बिन्दुमा आएको छ । हिजो भारी अंकले घटेको नेपाल स्टक एक्सेन्ञ्च (नेप्से) परिसुचक ८.९० अंकले बढ्दा २२७४.४२ को विन्दुमा कायम भएको छ ।

कारोबारमा आएका २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।

सो रकम बराबरको कारोबार हुदाँ अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको ५ करोड ३८ लाख ३० हजार रुपैयाँको शयेर कारोबार भएको हो । शेयर बजारमा सामान्य सुधार आँउदा जाल्पा सामुदायिक लघुवित्तको ४ करोड ९५ लाख रुपैयाँ, हिमालयन डिष्टलरीको ४ करोड ३९लाखरुपैयाँ, नेपाल लाइफ को ३ करोड ९० लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ६२ लाख रुपैयाँ र रादी जलविधुत् कम्पनी ३ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया