आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ लाइसेन्स आवेदन खुल्ने

३ बर्ष अगाडि

काठमाडौं - यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ ।

पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो ।

काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरूले आगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन ।

विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्राविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्‍याएको हो ।

विभागले सिस्टममा समस्या नआए आगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया