नबिल बैंक र नेपाल बंगलादेश बैंक बीचको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा

३ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको रिट हेर्न नमिल्नेमा परेको छ । बुधबार टंकबहादुर मोक्तान र डा। मनोजकुमार शर्माको संयुक्त इजलासमा परेको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । मंगलबारका लागि संयुक्त इजलाश डाकिएकोमा बहस गर्ने वकिल उपस्थित हुन नसक्दा बुधबारको लागि सुनुवाई तोकिएको थियो ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर एक्विजेशन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन संयुक्त इजलास बोलाइएको थियो । संयुक्त इजलाशले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया