काभ्रेको खानीखोला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । सो पार्टीका उम्मेदवार इन्द्रबहादुर थिङ छिन्ताङ ४४८५ मतका साथ विजयी भएका हुन् । उनले एमालेका उम्मेदवारलाई १३३० मतान्तरले हराएका हुन् ।
यस्तै उपाध्यक्षमा काँग्रेसका दोर्जेमान जिम्बा निर्वाचित भए । उनले एमालेका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । अध्यक्षमा निर्वाचित थिङ माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्रबहादुर हुन् भने जिम्बा कांग्रेस खानीखोला गाउँपालिकाका सभापति हुन् ।
यस गाउँपालिकामा ७ वडा रहेकामा कांग्रेस ३ वडामा जित हात परेको छ भने माओवादी केन्द्र ४ वडामा विजयी भएको हो । यस पालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको थियो ।
प्रतिक्रिया