काठमाडौं - रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन् ।
आजदेखि नै यी ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया