काठमाडौं - डलरको भाउ फेरी नयाँ उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४१ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो ।
यसअघि गत बैशाख २७ गते डलरको भाउ हालसम्मकै उच्च १२४ रुपैयाँ २५ पैसा पुगेको थियो । बुधबार उक्त रेकर्डलाई तोड्दै डरलको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।
नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ४१ पैसा खर्च गर्नुपर्ने भएको छ ।
प्रतिक्रिया