वैदेशिक रोजगारीका लागि पोल्याण्ड जाने क्रममा एक युवकको नयाँ दिल्लीमा मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि पोल्याण्ड जाने क्रममा झापा, दमकका एक युवकको भारतको नयाँ दिल्लीमा मृत्यु भएको छ । 

गत वैशाख १९ गते पोल्याण्ड जान भनी घरबाट हिँडेका झापा दमक–४ का २५ वर्षीय सृजन संग्रौला भारतको नयाँदिल्लीमा मृत भेटिएका हुन् । 

संग्रौलाका मामा कृष्ण सिग्देलले दमकमा लेखापढी व्यवसाय सञ्चालन गर्दै आएका ताराबहादुर खड्का र पदम अधिकारीले वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाउने भन्दै भाञ्जासँग एक लाख भन्दा बढी रकम लिएको बताए । उनको शव शंकास्पद अवस्थामा फेला परेको बताइएको छ ।

वैशाख २७ गतेदेखि सम्पर्कविहीन भएका संग्रौलाको आइतबार अचानक मृत्यु भएको जानकारी परिवारमा आएको सिग्देलले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया