गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते, बुक क्लोज कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडले २७औँ वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ २७ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बानेश्वरस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ । 

सभाले संस्थाको प्रबन्धपत्र र नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक अखितयारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । 

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।  

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १२ गते १२ गतेदेखि जेठ २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा बस्न योग्य हुनेछन् । 

कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन। 

३ बर्ष अगाडि

प्रतिक्रिया