‘एनआईसी एसिया फलेक्सी क्याप फन्ड’ले पायो निष्कासनको अनुमति

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड’ले निष्कासनको अनुमति पाएको छ । 

नेपाल धितोपत्र बोर्डले गत वैशाख २९ गते यो बन्दमुखी योजनालाई निष्कासनको अनुमति दिएको हो । 

बोर्डको अनुमतिसँगै अब यो योजनाको १ अर्ब रुपैयाँबराबरका इकाइहरुको सार्वजनिक निष्कासन गरिनेछ । 

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ । 

एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक र योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया