बढ्यो सार्वजनिक यातायातको भाडा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ। 

सरकारले जेठ ४ गतेदेखि लागू हुनेगरी न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो । 

साविकको भाडादरमा अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशतले बढाएको छ ।

साथै तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको भाडा वृद्धिको सूचना जारी गर्दै यातायात व्यवस्था विभागले जनाएको छ । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारीसाधनको पनि भाडा समायोजन गरिएको विभागले स्पष्ट पारेको छ । 

नेपाल आयल निगमले वैशाख ३१ गते डिजेल, पेट्रोल र मट्टीतेलमा समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया