काठमाडौं - बीमा समितिले तीन बीमा कम्पनीलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
“बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कं।लि।, गुराँस लाइफ इन्स्योरेन्स कं।लि। र युनियन लाइफ इन्स्योरेन्स कं।लि। लाई एक आपसमा गाभ्न र गाभिन आज सैद्धान्तिक सहमति दिएको हो ।
साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ ।
ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
प्रतिक्रिया