सेञ्चुरी बैंकको २ अर्ब २० करोडको २२ लाख कित्ता ऋणपत्र आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले बैशाख २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ८८ करोड रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी १ अर्ब ३२ करोड रुपैयाँ बराबरको १३ लाख २० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया