क्रिप्टोरकेन्सीमा भारी गिरावट, १९ बिलियन डलर बजारमूल्य रहेको करेन्सी १.३ डलरमा झर्यो

३ बर्ष अगाडि

एजेन्सी - विश्वकै सर्वाधिक ठुलो क्रिप्टोरकेन्सीमा भारी गिरावट आएको छ । जसबाट मानिसहरुलाई क्रिप्टोकरेन्सीमाथि विश्वास डगमगाएको छ ।

यसैगरी विश्वभरका नियामक सरकारी संस्थाहरुले क्रिप्टोकरेन्सीका बारेमा दिएको चेतावनी सहि प्रमाणित भएको दाबी गरेका छन् । यी संस्थाहरुले यसअघि कैयौँपटक क्रिप्टोकरेन्सीमा लगानी गर्नु जोखिमपुर्ण रहेको बताएका थिए ।

सबैभन्दा ठुलो झट्का स्थिर भनिने क्रिप्टोकरेन्सीलाई लागेको छ । यी क्रिप्टोरकेन्सीको मूल्य डलरमा आधारित हुने बताइएको थियो । यसैगरी परम्परागत वित्तिय प्रणाली र क्रिप्टो कारोबारको दायराकाबीच यसलाई एक पुलको रुपमा लिइएको थियो ।

१९ बिलियन डलर बजारमूल्य रहेको करेन्सी १.३ डलरमा झर्यो

तिनै करेन्सीहरुमध्ये टेरायूएसडि पनि पर्दछ । एक युनिटको मूल्य एक अमेरिकी डलर बराबर हुने रहने गरेको दाबी गरिन्थ्यो । कुनै समय यो करेन्सीको बजार मूल्य १९ बिलियन डलरसम्म पनि पुगेको थियो । 

तर एक साता पहिले उसको डलरसँगको समानता तोडियो । त्यसपछि यो करेन्सीको मूल्य तिव्र रुपमा गिरावट आएर १.३ बिलियन डलर पुगेको छ । गत शुक्रबार यो करेन्सीको मूल्य प्रति युनिट १६ सेन्ट बराबरसम्म पुगेको थियो ।

जसकारण सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी बिटक्वाइनदेखि यस्ता साना मुद्राहरुमा पनि लगानीकर्ताहरुको विश्वास घटेको छ । लोकप्रिय तथा स्थिर मानिने टिथरको बजार मूल्य ८० बिलियन डलर आंकलन गरिएको थियो । 

तर गत बिहीबार डलरसँग यसको मूल्यको समानता रहेन । टिथरले उसँग हार्ड करेन्सीमा सम्पत्ति भएको दावी गरेको थियो । यसरी टिथरको मूल्य जटिल कारोबार एल्गोरिदममा निर्भर नभएको बताउन सकिन्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया