नेप्सेमा ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीको बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया