ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) की नेतृ कृष्णकुमारी कडरिया ९बन्दना० एक मतको अन्तरले उपाध्यक्ष पदमा विजयी भएकी छिन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार कडरियाले आफ्ना प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
तीब्र प्रतिस्पर्धाकाबीच कडरियाले दुई हजार ३७६ मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार ताम्लिङले दुई हजार ३७५ मत पाएका थिए । निकटतम् प्रतिद्वन्द्वी ताम्लिङलाई एक मतान्तर पराजित गरी कडरिया सिदिङ्वा गाउँपालिकाको भाग्यमानी उपाध्यक्ष बनेकी छिन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उम्मेदवार मनोज राईले ६३ र अर्का स्वतन्त्र उम्मेदवार राजकुमार बानियाँले ११ मत पाएका थिए ।
उक्त गाउँपालिकाको अध्यक्षमा भने तीन हजार ८५ मत ल्याएर एमालेका मानबहादुर राई निर्वाचित भएका छन् ।
प्रतिक्रिया