९ महिनामा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ११ अर्ब ३१ करोड लिए कमिशन

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले ११ अर्ब ३१ करोड रुपैयाँ कमिशन बुझेका छन् । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा अभिकर्ता कमिशन १।५० प्रतिशतले बढेको हो ।

अधिकाम्स पुराना जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन घटेको छ । प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरमा गिरावट आए सँगै बीमा कम्पनीको अभिकर्ता कमिशन घट्न थालेको हो । चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र आर्थिक मन्दिको प्रभाव बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा प्रभाव पारिरहेको छ ।

पुराना बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जनका अतिरिक्त नविकरण बीमा शुल्कमा बढी केन्द्रित हुन थालेका छन् । अभिकर्ता कमिशन जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताहरुलाई प्रोत्साहन स्वरुप दिइन्छ ।

त्यसैले जीवन बीमा कम्पनीहरुले पहिलो दोस्रो र तेस्रो वर्षको बीमा शुल्कबाट राम्रो कमिशन दिन्छन् । त्यस पछि १० वर्षसम्म बीमा कम्पनीहरुले कमिशन दिने गर्छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया