काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर झनै फराकिलो बन्दै गएको छ ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ११ हजार १३ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ५९५६ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ५२११ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।
त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता डंगोलले १०४७७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वीमा नेकपा एसका रामेश्वर श्रेष्ठले ३०४८ र राप्रपाका विनिता मजगैयाले २२०२ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया