रिभर फल्स पावरको आईपीओमा १४ लाख बढी आवेदन, कति कित्ता शेयर खरिदमाग ?

४ बर्ष अगाडि

काठमाडौं, रिभर फल्स पावरको आईपीओमा १४ लाख बढी आवेदन परेको छ ।  धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज बिहान १०ः३० बजेसम्म आईपीओमा १४ लाख १३ हजार ५ आवेदकबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकमबराबरको १ करोड ६४ लाख ३६ हजार १४० कित्ता शेयरका लागि आवेदन परेको हो । 

कम्पनीको आईपीओमा माग भन्दा ६.४७ गुणा बढी आवेदन परेको हो । कम्पनीले गत वैशाख २८ गतेबाट जारी यो आईपीओको २७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीलाई २ प्रतिशतबराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा सर्वसाधारणलाई आवेदन दिने व्यवस्था गरिएको छ। 

यो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

यो आईपीओमा भोलि जेठ ४ गतेसम्म आवेदन दिन पाइनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया