काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ ।
कम्पनीको सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलमा हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
संस्थाले उक्त आर्थिक वर्षका लागि बोनस शेयर तथा नगद लाभांश प्रस्ताव गरेको छ।
वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया