ज्यान मुद्दा मिलाइदिने भन्दै ५ लाख घुस खाने अख्तियारको फन्दामा

७ बर्ष अगाडि

काठमाडौं–काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् । 
 सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५ लाख घुससहित पक्राउ गरेको हो । 
अख्तियार प्रवक्ता रामेश्वर दंगालले पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहलबाट उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

७ बर्ष अगाडि

प्रतिक्रिया