काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांशमा संशोधन गरेको छ।
संस्थाको सञ्चालक समितिको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश संशोधन गरेको हो । संशोधित लाभांशअनुसार अब संस्थाले साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्तापुँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको सञ्चित मुनाफा ९.३३ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ संस्थाले ०.५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ।
यसअघि गत चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको ११ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। यो हिसाबले संस्थाको प्रस्तावित बोनस शेयर १.६७ प्रतिशतले घटेको छ।
समितिको बैठकले आफ्नो सातौँ वार्षिक साधारणसभा यही जेठ २० गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको छ। सभा सिन्धुपाल्चोकको टकशिला–८ इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभा प्रयोजनका लागि संस्थाले आज जेठ ३ गतेबाट जेठ २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया