हकप्रद शेयर निष्कासन सहित रिलायबल नेपालले डाक्यो साधारण सभा, कहिले र कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनीले वार्षिक साधारणसभा यही जेठ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित लिसरा ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनी गत वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो ।

सभाले संस्थापक समूहका तर्फबाट सञ्चालक समितिमा प्रतनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। सभाले स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया