गत साता १११.८० अंकले बढेको शेयर बजारको यात्रा यस साता कता ?

४ बर्ष अगाडि

काठमाडौं, गत साता नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक ५ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २२३८.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.९९ प्रतिशत अर्थात १११.८० अंक बढेर २३५०.६२ विन्दुमा बन्द भएको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार बढेर बन्द भएसँगै नेप्सेले सो अंक कमाएको हो। गत साता अन्तिम कारोबार दिनबाहेक अन्य सबै कारोबार दिनमा बजार बढेको थियो।

यस साता नेप्से परिसूचक उकालो लागेमा २४१३.९९ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२५९.५२ विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दूई बीचकाृ दूरी साँघुरिएको छ। यसले बजारमा विस्तारै बाइङ्ग मोमेन्टम बढ्न थालेको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा बुलिश क्रशओभर बन्नेछ। जसलाई बजार बढ्ने संकेतको रुपमा हेर्ने गरिन्छ।

गत साता नेप्सेले साप्ताहिक रुपमा बुलिश मारुबोजु बनाएको छ। यसले गत साता खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। त्यसैगरी, गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको थियो जसले सो दिन बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम १ अर्ब ५७ करोड रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८.७६ प्रतिशत बढी हो।

गत साता जीवन बीमा उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ। अघिल्लो साता ११ हजार ७४४.३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता १५३.२९ अंक बढेर ११ हजार ८९७.६८ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १३ हजार विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ११ हजार विन्दुमा टेवा पाउने देखिन्छ।

४ बर्ष अगाडि

प्रतिक्रिया