कांग्रेसको गढ भरतपुर महानगरपालिका ३ मा एमाले विजयी

३ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ ।

यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराएका छन् ।

यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र  रेनु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया