सिरिजङ्घा  ७ मा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी

३ बर्ष अगाडि

ताप्लेजुङ - सिरिजङ्घा गाउँपालिका ७ खेबाङमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बुद्धि प्रसाद दाहाल विजयी भएका छन् । 

दाहालले ३८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नेत्र कुमार अधिकारीले २८४ र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका भानुभत्त गौतमले २७९ मत प्राप्त गरेका छन् ।

खुल्ला सदस्यमा एमालेका दिपेन्द्र तुम्याङ ३७३ र स्वतन्त्र उम्मेदवार जगत प्रसाद लिम्बु २८२ मत प्राप्त गदै विजयी भएका छन् । 

त्यस्तै महिला सदस्यमा नेपाली काँग्रेसकी सबिता लिम्बु ३७१ साथै एमालेकी मुना दमाई ३३४ मत ल्याएर विजयी भएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया