काठमाडौं - सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा १० करोड ८५ लाख मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा रहेको थियो ।
कम्पनीको आम्दानी यस वर्ष करीब १४१ प्रतिशत बढेको । गत वर्ष ३० करोड ८७ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ७४ करोड ३८ लाखभन्दा बढी आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ४.१३ प्रतिशत बढेर ६९ करोड ८२ लाखभन्दा बढी भएको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर १ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ १८ रुपैयाँ २९ पैसा रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात १७८.४५ गुणा रहेको छ ।
यस्तै बरुण हाइड्रोपावर कम्पनीले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा अधिकांश सूचकमा प्रगति गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आर्थिक वर्षमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।
चालू आर्थिक वर्षमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षआवमा कम्पनीले विद्युत विक्री बापत ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा बढेर ६ करोड ९९ लाख पुगेको हो ।
कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने चालू आर्थिक वर्षमा कम्पनीले जगेडामा २ करोड ६४ लाख रुपैयाँ सञ्चित रहेको हो ।
चालू आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८३ ९वार्षिकीकरण०, मूल्य आम्दानी अनुपात ३५.७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८६ पैसा रहेको छ ।
प्रतिक्रिया