बालेनको मत स्थापितको भन्दा २९६४ बढि, कटायो ६ हजार

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन् । उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन् ।

आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन् । पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन् ।

स्थापितले हालसम्म ३२४३ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया