काठमाडौं महानगरपालिकामा बालेनले बढायो अग्रता, कति मतले अन्तर ?

३ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ६ सय ६५ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६  मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ६ सय ४० मत प्राप्त गरेकी छिन्  ।

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले ५ हजार ८ सय ४४ मत ल्याएकी छन्।  एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले एक हजार ६ सय ९ मत प्राप्त गरेका छन् ।  
 

३ बर्ष अगाडि

प्रतिक्रिया