काठमाडौं - धनकुटालको सागुरीगढी गाउँपालिकाको अध्यक्षमा जितेन्द्र राई निर्वाचित भएका छन् ।
राई ६३९९ मतसहित विजयी भएका हुन् । निकटम प्रतिद्वन्दी नेकपा एमालेका कुमार जंग याखाले ४८२८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने एमालेका मुना राई निर्वाचित भएकी छन् । उनले ४६५० मत पाएकी छन् । यस्तै जसपाका लिलाराज लावती ४१३६ मतसहित दोस्रो भएकी छन् ।
सागुरीगढीमा कांग्रेस र जसपाबीच चुनावी तालमेल रहेको थियो । यसअघिको निर्वाचनमा भने एमालेका कुमारजंग याखा निर्वाचित भएका थिए । उनले कांग्रेसका अहिले अध्यक्ष निर्वाचित राईलाई नै पराजित गरेका थिए ।
प्रतिक्रिया