ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका गजेन्द्र कुमार नाल्बो विजय भएका हुन् । उनी नेकपा एसका भए पनि नेपाली कांग्रेसको रूख चिह्नबाट नै उम्मेदवारी दिएका हुन् ।
उनले जम्मा ३३१ मत ल्याएका छन् । उनका निकटम् प्रतिद्धदि नेकपा एमालेका रत्न बहादुर लिम्बूले ३०२ मत ल्याएका छन् । खुल्ला सदस्यमा गठबन्धनका मन कुुमार शेर्पाले ३२५ मत ल्याएका छन् भने नेकपा एमालेका भिम बहादुर लिम्बूले २८३ मत ल्याएका छन् ।
साथै अर्को खुल्ल सदस्यमा गठबन्धनका मेघराज लिम्बूले ३१६ मत ल्याएका छन् भने एमालेका मान बहादुर तामाङले २८६ मत ल्याएका छन् । त्यस्तै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दिपेन नाल्बोले ३३ मत ल्याएका छन् ।
महिला सदस्यमा गठबन्धनका विपना लङ्वाले ३४८ मत ल्याएकी छन् भने एमालेकी लिला लिम्बूले २७८ मत ल्याएकी छन् । यस्तै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चकी मनिका लिम्बूले ५ मत ल्याएकी छिन् ।
दलित महिला सदस्यमा गठबन्धनका चन्द्रमाया कामिले ३६९ मत ल्याएकी छन् भने एमालेकी एतमाया दमाईले २७८ मत ल्याएकी छन् ।गाउँपालिका अध्यक्षमा नेपाली कांग्रसका युकहाङबिर हांगाम (डम्बर) ले एमालेका केदारजंग चोङवाङलाई पछि पारेका छन् ।
प्रतिक्रिया