नुवाकोटका ८८ वडामध्ये १८ वडामा मतगणना सकियो, कुन वडामा कसको विजयी ?

३ बर्ष अगाडि

काठमाडौं- नुवाकोटका ८८ वडामध्ये १८ वटा वडामा मतगणना सकिएको छ । तीमध्ये  नेपाली कांग्रेसले ७ ,नेकपा माओवादी केन्द्रले ६ र एमालेले ५ वटा वडामा अध्यक्ष जितेको  छ । 

नेपाली कांग्रेसबाट निर्वाचित हुनेमा म्यागङ गाउँपालिका– १ जिमाबहादुर तामाङ, पञ्चकन्या गाउँपालिका– १ मा महानन्द ढकाल, किस्पाङ गाउापालिका– १ मा पशुपति घले, तारकेश्वर गाउँपालिका– ५ मा अशोक तामाङ, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरि पाण्डे र सूर्यगढी गाउँपालिका–२ मा दिपक अधिकारी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका–१ मा राजकुमार तामाङ, दुप्चेश्वर गाउँपालिका– १ मा सिताराम तामाङ, सोही गाउँपालिका–२ मा बिरबल तामाङ, ककनी गाउँपालिका–१ बाट पदमबहादुर श्रेष्ठ बलामी र तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी एमालेबाट तारकेश्वर गाउँपालिका–६ बाट नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्दबीर तामाङ, वेलकोटगढी नगरपालिका–१ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर र विदुरनगरपालिका–१ मा लेलिन रञ्जित निर्वाचित भएका छन् ।

विदुरनगरपालिका १ मा लेनिन रञ्जित, तादी गाउँपालिका– १ मा नकुर दोङ तामाङ, लिखु गाउँपालिका– १ मा नरहरि पाण्डे दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन् । रञ्जित एमालेबाट तथा तामाङ र पाण्डे नेपाली कांग्रेसका छन् । अब ७० वटा वडा गणना गर्न बाँकी छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया