गुल्मी- धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका चेतमान कुँवर १ हजार ७ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका कमल थापाले ५ सय ६२ मत ल्याएका छन्।
अघिल्लो निर्वाचनमा थापा वडाध्यक्ष हुँदा उनकै प्यानलबाट कुँवर वडासदस्य भएका थिए । यसपालि भने कुँवरले थापालाई पराजित गरेका छन् । नयाँगाउँमा कुल १ हजार ६ सय ६७ मत खसेको थियो ।
नयाँगाउँमा एमाले(माओवादीको तर्फबाट अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका भुपाल पोखरेललाई ९ सय ५३ र उपाध्यक्षमा एमालेकी सीता गिरीलाई १ हजार ३ मत प्राप्त भएको छ।
त्यस्तै काँग्रेस(समाजवादीसहितको चार दलीय गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार महेन्द्र भण्डारीले ५ सय ६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका चन्द्र सुनारले ३ सय ५८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया