काठमाडौं- भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा विवाद सुरु भएपछि मतगणना स्थगित भएको छ ।
एमालेले बदर मतलाई सदर गर्नुपर्ने भन्दै विरोध जनाएपछि मतगणना स्थगित भएको हो । मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएपछि निर्वाचन प्रमुखले मत बदर गरेका थिए ।
पछिल्लो परिणामअनुसार मेयरमा रेनु दाहालले १८६७ मत ल्याउँदा एमालेका विजय सुवेदीले १८१४ मत ल्याएका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५६९ मत पाएका छन् ।
प्रतिक्रिया