गुल्मीमा एक मतले वडाध्यक्षमा कांग्रेस विजयी

३ बर्ष अगाडि

काठमाडौं- गुल्मीमा कांग्रेसका उम्मेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् ।  गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उम्मेदवार रेशमराज न्यौपाने एमाले उम्मेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै विजयी भएका हुन् । विजयी न्यौपानेले ७५६ मत प्राप्त गरेका छन भने पराजित न्यौपानेले ७५५ मत प्राप्त गरेका छन् ।  

यस्तै, वडा नम्वर १ हर्मिचौरमा भने पुनः मत गणना सुरु भएको छ ।  त्यस वडामा खसेको कुल मत १४३५ रहेकोमा गणना गर्ने बेलामा १४८७ मत फेला परे पछि पुनः मत गणना  भएको हो ।  

सो पालिकामा काँग्रेस र जनमोर्चा बिच र एमाले र माओवादी बीच अलग अलग चुनावी तालमेल भएको छ ।  जसअनुसार  गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा काँग्रेस पालिका अध्यक्ष उमेदवार वेद थापामगर एमाले अध्यक्षका उमेदवार रामजी ढकाल भन्दा धेरै पछाडि छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया