काठमाडौं- भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ । ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन् ।
रेणु र विजयको मतान्तर ८० मतको रहेको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४७० मत प्राप्त गरेका छन् ।
त्यसैगरी कांग्रेसको उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले १८ सय ९५ मत प्राप्त गरेका छन् । उनकी प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १३ य ३३ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया