उदयपुरमा गठबन्धनका दुई वागी विजयी

३ बर्ष अगाडि

उदयपुर - उदयपुरका दुई वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लिम्चुङ्गबुङ्ग गाउँपालिका वडा नं. ३ र उदयपुरगढी गाउँपालिकाको वडा नं. २ मा स्वतन्त्र उमेदवार विजयी भएका हुन् । 

दुवै जना एमालेमा लामो समयदेखि सक्रिय थिए । पछि नेकपा एसमा गएका उनीहरुलाई गठबन्धनले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

लिम्चुङ्गबुङ्गमा जेव्रा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका गुरुमणि कुमाईले नेपाली कांग्रेसका कुलबहादुर खत्रीलाई ५२ को मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कुमाईले ३१५ र खत्रीले २६३ मत प्राप्त गरेका छन् । उनी यसअघिका वडा सदस्य हुन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिकाको वडा नं २ धारा चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका इन्द्रबहादुर राउतले नेकपा एमालेका उमेदवार दिपक तामाङ्गलाई १२२ मतान्तरले पराजित गरेका छन् । 

राउतले ३८७ र तामाङ्गले २६५ मत प्राप्त गरे । राउत यसअघि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया