काठमाडौं- काभ्रेको नमोबुद्ध नगरपालिका–१ वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार प्रेम लामा विजयी भएका छन् । उनी ५५६ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका निरोज पाण्डेले ४४७ र नेपाली कांग्रेसका गणबज्र लामाले २०८ मत ल्याएका छन् । कांग्रेसले टिकट नदिएपछि लामाले स्वतन्त्र रूपमा प्यानलसहित उम्मेदवारी दर्ता गरेका थिए ।
उनको प्यानलबाट दलित महिला सदस्य र खुल्ला सदस्य विजयी भएका छन् ।
प्रतिक्रिया