ताप्लेजुङको फत्ताङलुङ १ मा माओवादीको प्यानलै विजयी

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनमा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।

१ नं. वडा अध्यक्षमा माओवादी केन्द्रका यज्ञ प्रसाद लिम्बु ३१४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लिम्बुले २५२ मत ल्याएका छन् । साथै वडा सदस्यहरुमा सबै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 

फत्ताङलुङ गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए भने १ नं. वडा माओवादीको भागमा परेको थियो । अहिले १ नं।वडाको सकेर २ नं। वडा खेजेनिमको मतगणना जारी छ ।

हालसम्मको मतगणना गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) ले ६९३, एमालका सरोज लिम्बुले ४२४, जसपाकी मन्जिता लिम्बुले ३८ र लिम्बुवानका भिम लिम्बुकी ४ मत प्राप्त गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया