बिरासत भत्किन्दै

३ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेले यसअघिबाट लगातार जितेको ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १ र वडा नं १० मा यो पटक हार बेहोरेको छ । 

अरु सबै सदस्य एमालेका उम्मेदवार बिजयी बन्दा फुङ्लिङ वडा नं १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार रुद्र मादेन निर्वाचित भएका छन् । 

एमालेले लगातार जितेको फुङ्लिङ नगरपालिका वडा नं १० यसपटक गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार सुरेश लिम्बू बिजयी भएका छन् । उनले निवर्तमान वडाध्यक्ष गमबहादुर फुरुम्बुलाइ हराएका हुन् । 

यस्तै काँग्रेसले जितेको मिक्वाखोला गाउँपालिका वडा नं १ मा एमालेले जितेको छ । त्यहाँ काँग्रेस उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष अमृत लिम्बूलाइ एमालेका उम्मेदवार राम लिम्बूले पराजित गरेको हो । 

यसअघि काँग्रेसले जितेको मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमामा एमालेले जितेको छ । त्यहाँ एमालेका जसमान केदेम वडाध्यक्षमा निर्वाचित भएका छन् । उता मैवाखोला गाउँपालिका वडा नं ५ मा यसअघि एमालेले जितेको स्थानमा माओवादी केन्द्रका केशर लिम्बू बिजयी भएका छन् । 

एमाले उम्मेदवार तथा यसअघिका वडाध्यक्ष कूलप्रसाद लिम्बू पराजित भएका हुन्  । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया