जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

३ बर्ष अगाडि

ताप्लेजुङ  - गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समिति ताप्लेजुको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एसलाइ भागमा परेपछि सोहि पदको आकाँक्षा सहित चुनावी मैदानमा उत्रिएका दुई उम्मेदवार पराजित भएका छन् । 

भागबण्डा अनुसार गराउन अब दुबै पार्टीले निर्वाचित अरु कोहिलाइ अघि सार्नुपर्ने भएको छ । माओवादीले जिसस प्रमुखमा सागरमणि गौतम र नेपाल कम्युनिष्ट पार्टी९एकिकृत समाजवादी०ले सुनिता मादेनलाइ जिसस उपप्रमुखका रुपमा अघि सार्ने योजना रहेको बताइएको थियो । 

यसअघि जिसस प्रमुख रहिसकेर फेरी वडा सदस्यका लागि उम्मेदवारी दिएका घनेन्द्र मादेन भने फेरी वडा सदस्यमा निर्वाचित भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया