पोखरा महानगरमा धनराजको अग्रता कायमै

३ बर्ष अगाडि

काठमाडौं - पोखरा महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका उम्मेद्वार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अगाडि नै रहेका छन् ।

१ हजार ६०० मत गणना गर्दा आचार्यले ६१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मद्वार कृष्ण थापाले ५८३ मत प्राप्त गरेका छन् ।

महानगरको उपमेयरमा पनि सत्तागठबन्धनका उम्मेद्वार नै अगाडि रहेको छन् । त्यहाँ गठबन्धनको कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट ७१६ मतसहित अगाडि नै रहेकी छिन् । 

उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरूङले ५८३ मत प्राप्त गरेकी छिन् । अहिले वडा नम्बर १, २ र १२ को मत गणना गरिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया