नकुटाको चौबिसे २ का नवनिर्वाचित वडा सदस्यको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं - नकुटाको चौबिसे गाउँपालिका वडा नं। २ का नवनिर्वाचित वडा सदस्य ५२ वर्षीय अटल सूर्य मगरको निधन भएको छ ।

चौबिसे गाउँपालिकाको मुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति करिब ८ बजे मगर बसिरहेको स्थानमै बेहोस् भएका थिए । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्‍याए लगत्तै राति ११ बजे मृत्यु भएको बताइएको छ ।

वडाको मतपरिणाम अन्तिम चरणमा रहेको बेला मगर अचेल भइ कुर्सीबाट ढलेको बताइएको छ । उपचार गर्न लैजाँदै गर्दा मगर विजेता भएको परिणाम आएको थियो ।

चिकित्सकले उच्च रक्तचापका कारण हृदयघात भएको हुनसक्ने जनाएका छन् । मृतक मगर यसअघि पनि सोही वडाका सदस्य रहेको एमाले धनकुटाका पार्टी कार्यलय सचिव नैनबहादुर विश्वकर्माले बताए ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया