ललितपुर महानगरपालिकाको मत गणना अहिले ११ बजेदेखि सुरु हुने

३ बर्ष अगाडि

ललितपुर - ललितपुर महानगरपालिकाको मत गणना अहिले विहान ११ बजेदेखि सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन र एमालेबाट हरिकृष्ण ब्यञ्जनकार मेयर प्रतिस्पर्धामा रहेका छन् । यसअघिको निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच नै प्रतिस्पर्धा भएको थियो। जसमा महर्जनले जितेका थिए । यस पटकको निर्वाचनमा समेत यी दुईको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ ।

उपमेयरका लागि माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य र एमालेबाट अञ्जली शाक्या प्रतिस्पर्धामा छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया