मनाङको चामे गाउँपालिकामा एमालेको जित

३ बर्ष अगाडि

काठमाडौं - स्थानिय तह निर्वाचन २०७९ मा मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् । यो एमालेको पहिलो जित हो ।

सो गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले ३२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

यसअघि सो गाउँपालिकामा घले नै अध्यक्ष थिए । २०७४ सालको निर्वाचनमा २१४ मतसहित उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङमार डोल्मा लामा निर्वाचित भएकी छन् । उनले ३२५ मत ल्याउँदा एमालेकी आशकुमारी गुरुङले २७४ मत ल्याइन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया